ब्राउनसुगरसहित सन्तोष पक्राउ

ब्राउनसुगरसहित सन्तोष पक्राउ

प्रदेश नम्बर १ को इटहरीमा लागुऔषध खैरोहिरोइनसहित एक युवक प्रहरीको फन्दामा परेका छन् । फन्दामा पर्ने इटहरी उपमहानगरपालिका ४ पान्धारे का ३० वर्षका सन्तोष श्रेष्ठ हुन् ।

उनलाई हिजो राती इटहरी–६ बाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले प्रयोग गरेको प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटर पनि प्रहरीले कब्जामा लिएको छ ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

टिप्पणीहरू