लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

मोरङ र उदयपुरमा लागुऔषध र गाँजासहित चार जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे २ का २० वर्षका सलबहादुर गुरुङ र २० वर्षकै सागर गोसनी रहेका छन् । उनीहरुलाई हिजो बेलुकी पथरी शनिश्चरे नगरपालिका १ बुद्ध चोकमा लागुऔषध सहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ट्रमाडोल १ सय ४८ र स्पास्पेन १ सय ९ ट्याब्लेट बरामद गरेको छ ।

त्यसैगरी उदयपुर चौदन्डीगढी नगरपालिका ४ नमुना चोकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका ९ कमलपुरका २९ वर्षीय जीवछ मण्डल र १९ वर्षीय रुपेशकुमार सरदार हुन् ।

हिजो बेलुकी इलाका प्रहरी कार्यालय बेल्टारले स.११ प ९७९ नम्बरको मोटरसाइकलमा सवार आरोपीहरुलाई चेकजाँज गर्दा ६ सय ग्राम गाँजा फेला पारेको हो । मोटरसाइकल कब्जामा लिएपछि पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू