एमाले महाधिवेशनमा टंक कार्कीको पनि उम्मेदवारी

एमाले महाधिवेशनमा टंक कार्कीको पनि उम्मेदवारी

चीनका लागि पूर्वराजदूत तथा एमाले नेता टंक कार्कीले केन्द्रीय सचिव पदमा उम्मेदवारी मनोनयन गराउनु भएको छ । निवर्तमान अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले हिजो मध्यराति घोषणा गरेको १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नामावलीप्रति असन्तुष्ट कार्कीले सचिव पदमा उम्मेदवारी मनोनयन गर्नुभएको हो ।

ओलीले सार्वजनिक गरेको सचिवमा टोपबहादुर रायमाझी,छविलाल विश्वकर्मा,रघुवीर महासेठ, लेखराज भट्ट,योगेश भट्टराई,गोकर्ण बिष्ट र पद्मा अर्यालको नाम छ । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अध्यक्षमा केपी ओली र भीम रावल तथा उपाध्यक्षमा घनश्याम भुसालले पनि मनोनयन दर्ता गराउनुभएको छ ।

टिप्पणीहरू