एमाले महाधिवेशनमा खड्किएका केही कुरा

एमाले महाधिवेशनमा खड्किएका केही कुरा

– सुन्दरसिंह धामीबाट

आज बिहान ८ बजे शुरु हुने भनिएको एमाले महाधिवेशनको बन्दसत्र मध्यान्ह १ बजेसम्म पनि थालिएको छैन । हिजो मध्यराति बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या थप्ने सहमति गरेको छ । सबैलाई भाग पुग्ने गरी पद थपिएको छ ।

हिजो दिउँसो नारायणी किनारमा आयोजना गरिएको उद्घाटन समारोहमा एकथरीले पाँच लाख बढीको भीड भनेका छन् । खिसिट्युरी गर्नेले मुश्लिकले लाख थियो भनेका छन् । तर,एमाले महाधिवेशन हेर्न गएका एक जना बुध्दिजीवीले तीन लाखको हाराहारीमा मानिस थिए भनेका छन् । उनले नारायणगढको बजार, सडक,गैंडाकोटतर्फको किनार र नारायणी पुलमा उभिएका मानिसलाई हेर्दा पुग नपुग तीन लाख अन्दाज गरेका हुन् ।

त्यति धेरै मानिस उतार्ने क्रममा आयोजक कमिटी र व्यवस्थापन समितिले ५० लाख खर्चेर मञ्च सजायो । लाखौं मूल्यका सयौं गेट बनायो । तर,त्यसरी स्वागत गरिएका मानिसलाई दिसा पिसाब गर्ने ठाउँ बनाउन भने बिर्सेको उनै बुध्दिजीवीले रिपोर्टरहरुलाई बताए । उनले भने, ‘अरु बेला मानिसको दिनचर्याभित्र त्यो कार्य परे पनि एमालेको कार्यक्रममा जाँदा शौच आउँदैन भन्ने मान्यताले काम गरेको देखियो । तर,लाखौं मानिसलाई झण्डै १२ घण्टासम्म शौच गर्ने स्थानको पर्याप्त व्यवस्था नगर्ना धेरैले एउटा हात कम्मर मुन्तिर लगेको देखियो ।’

“बाहिर झट्ट आकर्षक देखिन जसरी मन्च र अतिथिका कुर्सी सजाइए त्यसैगरी न्यूनतम मानवीय आवश्यकताको पटक्कै ख्याल गरिएन । यो भनेको सिध्दान्तको हतियारले कार्यकर्तालाई खार्नुभन्दा चाँदीका भाँडालाई सुनको जलपले टल्काउनु जस्तै हो ।”

माओवादी केन्द्रले ०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाको बखत एक हप्तासम्म सिंहदरबार घेराउ गर्ने भन्दै गाउँ गाउँबाट कार्यकर्ता ल्याएको थियो । त्यहि अवस्थामाथि व्यंग्य हान्दै केपी ओलीले त्यतिबेला भन्नुभएको थियो,‘सातु,चामल बोकेर मानिस आए पनि तिनले प्रयोग गर्ने शौचालय त झोलामा हाल्न सक्दैनन् होला नि ?,’। धेरै मानिस एकैचोटी सडकमा ल्याउँदा तिनले गर्ने शौचको प्रबन्ध खोई भनेर उहाँले सोधे पनि अहिले आफ्नै कार्यक्रममा पाइखानाको व्यवस्था नभएकोतर्फ ध्यान पुर्याएको देखिएन । अर्थात,बाहिर झट्ट आकर्षक देखिन जसरी मन्च र अतिथिका कुर्सी सजाइए त्यसैगरी न्यूनतम मानवीय आवश्यकताको पटक्कै ख्याल गरिएन । यो भनेको सिध्दान्तको हतियारले कार्यकर्तालाई खार्नुभन्दा चाँदीका भाँडालाई सुनको जलपले टल्काउनु जस्तै हो ।

हिजोको कार्यक्रमस्थलमा तुलनात्मक रुपमा माइकको व्यवस्था त्यत्ति राम्रो नभएको सहभागीहरुले बताएका छन् । मानिसको भीड देखाउनको निम्ति भए पनि मञ्चभन्दा पछाडिको ठूलो ठाउँ खालि राखिएको देखिन्थ्यो ।

अन्य क्षेत्रकाझैँ कर्मचारीका नेताहरु पनि टन्नै सहभागी थिए । पुण्य ढकाल,केदार देवकोटा प्रतिनिधि नै भएर गएका थिए । अन्य मन्त्रालयको तुलनामा अर्थ मन्त्रालय र कर कार्यालयका कर्मचारीहरुको राम्रै उपस्थिति थियो । त्यसमा चितवनका कर्मचारी पनि सरोबर देखिन्थे ।

“कर्मचारीका नेताहरु पनि टन्नै सहभागी थिए । पुण्य ढकाल,केदार देवकोटा प्रतिनिधि नै भएर गएका थिए । अन्य मन्त्रालयको तुलनामा अर्थ मन्त्रालय र कर कार्यालयका कर्मचारीहरुको राम्रै उपस्थिति थियो । त्यसमा चितवनका कर्मचारी पनि सरोबर देखिन्थे । “

निजामती कर्मचारीमध्ये धेरैजसो उपसचिव तहका कर्मचारीहरु पुगेका थिए । त्यसमध्ये चितवन कर कार्यालयका हाकिम घनश्याम बन्दी पनि हुन् । कर्मचारी संगठनका वासुदेव पन्थी पनि देखिए ।

दिउँसो ४ बजेको हाराहारीमा उद्घाटन समारोह सकिए पनि रातिसम्म नारायणगढ र भरतपुर क्षेत्रमा सवारी साधनको चाप उस्तै थियो । प्रतिनिधिहरुलाई नारायणगढबाट सौराहासम्म लैजान पार्टीले छुट्टै सवारी साधनको व्यवस्था गरेको थियो । अस्तिसम्म निकै खुलेको चितवनमा हिजो भने अपरान्हदेखि नै हुस्सु लागेर नजिकको मानिससमेत चिन्न नसकिने अवस्था रह्यो ।

२१ सयभन्दा बढी प्रतिनिधि रहेको महाधिवेशनमा १ सय बढी पर्यवेक्षक छन् । अधिकांश सल्लाहकार समितिमा रहेका र तुलनात्मक रुपमा बृध्द कमरेडलाई पर्यवेक्षक बनाइएको छ । चिनिएका बूढापाकामा अडिटरहरुका नेता कमल खरेल देखिएका थिए । यसअघि पार्टीमा खटिएका र चिनिएका बयोबृध्द अनुहारहरु भने न हिजो नारायणगढमा देखिए न त आज सौराहामै ।

https://www.facebook.com/officialmusical.lynep/videos/209965897850829/

टिप्पणीहरू