ईश्वर पोखरेलले ठाउँ नदिएपछि भृकुटीमण्डप पुगे रावल

ईश्वर पोखरेलले ठाउँ नदिएपछि भृकुटीमण्डप पुगे रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्ने आफ्नो चहाना पूरा नभएको भन्दै गुनासो गरेका छन् । एमालेको आसन्न दशौँ महाधिवेशनका लागि आज भृकुटीमण्डपबाट अध्यक्षमा उम्मेदवार घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न चाहे पनि ठाउँ नदिएकाले त्यो सम्भव नभएको रावलले बताए । उनले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यालयमा भएका सबै कक्ष खाली नरहेको भनियो ।’

रावलले आज दिउँसो पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

टिप्पणीहरू