अहिलेकै अवस्थामा बिचौलिया पाल्ने काम रोकिँदैन : बार अध्यक्ष श्रेष्ठ

अहिलेकै अवस्थामा बिचौलिया पाल्ने काम रोकिँदैन : बार अध्यक्ष श्रेष्ठ

बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा विद्यमान अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ । आज बारले सर्वोच्च अदालतमा गरेको कालोपट्टीसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

उहाँले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने दाबी गर्नुभएको छ । न्यायपरिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशसँग रहेकाले सोही अधिकारमार्फत् आफू अनुकूलको काम गर्नसक्ने उहाँको आशंका छ ।

गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नंग्रा गयो भन्ने भ्रममा नपर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणा नहटेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभएको छ ।

टिप्पणीहरू