भक्तपुरमा मध्यरातमा भएको सडक दुर्घटनामा एक जना ठह

भक्तपुरमा मध्यरातमा भएको सडक दुर्घटनामा एक जना ठह

गए राति भक्तपुरमा भएको सडक दुर्घटनामा एक जना मोटरसाइकल चालकको ज्यान गएको छ । राति डेढ बजे अरनिको राजमार्गको जगाती नजिकै ट्रिपरलाई ओभरटेक गर्ने क्रममा सडककको डिभाइडरमा ठोक्किएर मोटरसाइकल ट्रिपरको पछाडिको चक्कामा पुगेपछि चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकल सोही रुटमा जाँदै गरेको प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको ट्रिपरलाई दाहिने साईडबाट ओभरटेक गर्ने क्रममा मोटरसाइकल सडकको डिभाडरमा ठोक्किएको देखिन्छ । त्यसपछि मोटरसाइकल ट्रिपरतर्फ पल्टिँदा ट्रिपरको पछाडिको चक्कामा मोटरसाइकल चालक परेर शख्त घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइन्छ ।

सिकिस्त अवस्थामा रहेका मोटरसाइकल चालक काभ्रेको रोशी गाँउपालिका ३ घर भई हाल कलंकी बस्ने वर्ष २२ का मिलन तामाङलाई प्रहरीले उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल पुर्याए पनि राति २ बजे उनको निधन भएको हो । प्रहरीले ट्रिपर चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १० घर भई चाबहिल बस्ने २८ वर्षे सोम बहादुर लामा र सम्बन्धित सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू