ट्रयाक्टर गुल्टिँदा चालकको मृत्यु

ट्रयाक्टर गुल्टिँदा चालकको मृत्यु

ताप्लेजुङको फुङलिङ नगरपालिका–८, बाहनन्दे मेची लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु भएका चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९, मधुमल्लाका २७ वर्षीय पुष्प विश्वकर्मा हुन् ।

ट्रयाक्टर झापाबाट ताप्लेजुङ जाँदै गर्दा सडकबाट अन्दाजी ३० मिटर तल झरेको बताइएको छ । हिजो बेलुकी ६ बजेतिर नम्बर प्लेट नराखिएको अन टेष्ट लेखिएको ट्रयाक्टर अनियन्त्रित भएर सडकबाट तल झरेको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका चालक बिकको उपचारको निम्ति बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

टिप्पणीहरू