धान खेतमा बालिकामाथि करणी

धान खेतमा बालिकामाथि करणी

सिरहामा एक जना किशोरले १५ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कल्याणपुर नगरपालिका–४, बैरियाका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

बालिका आफ्नै खेतमा एक्लै धान काटिरहेको अवस्थामा किशोरले धान खेतमा लडाएर जबरजस्ती करणी गरेका थिए । साथै, उनले बालिकाको साथमा रहेको १ थान मोबाइल, ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट समेत खोसेर लगेका थिए ।

पछि उनलाई प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

टिप्पणीहरू