महिला खेलाडीहरु बस चढेर बिदेशबाट…..

महिला खेलाडीहरु बस चढेर बिदेशबाट…..

राष्ट्रियस्तरका खेलाडीहरु विदेशबाट बस चढेर नेपाल आउन लागेको सुन्दा धेरैलाई अपत्यारिलो र अनौठो लाग्न सक्छ । तर,नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापकीय कमजोरीका कारण विदेशमा मुलुकको प्रतिनिधित्व गर्ने खेलाडीहरु बंगलादेशदेखि बस चढेर आउनुपर्ने अवस्था बनेको छ ।

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि सिरिज खेल्न बंगलादेश भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोली सडक मार्ग हुँदै नेपाल फिर्ता आउन लागेको हो । खेलाडीहरुको पिसिआर रिपोर्ट नहुँदा विमानस्थालमा प्रवेश नपाएपछि उनीहरुलाई त्यस्तो बाध्यता आइलागेको बताइएको छ ।

सामान्यतया: सबै ठाउँमा ७२ घन्टा अघिको पिसिआर रिपोर्ट देखाएर मात्र एअरपोर्ट छिर्न मिल्ने व्यवस्था गरिएको हुन्छ । तर,यति सामान्य कुरामा समेत ध्यान नदिँदा नेपाली खेलाडीहरु विमानस्थल बाहिरै रोकिनुपरेको हो ।

नेपाली टिम बिहान ९:१५ मा बंगलादेशी विमानबाट नेपाल फर्कने कार्यक्रम थियो । तर, पिसिआर रिपोर्ट नभएका कारण अन्तिम समयमा फ्लाइट छुट्न पुग्यो र खेलाडीहरुसँग बस चढ्नुको विकल्प भएन ।

टिप्पणीहरू