आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानीको कीर्तिपुर नगरपालिकाले जनगणना सचेतना र्याली निकालेको छ । र्याली बिहान ७ बजे नगरपालिकाको कार्यालय अगाडि, कीर्तिपुरबाट निकालिएको हो ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आज पनि कालो पट्टी बाँध्ने कार्यक्रम राखेको छ । बिहान साढे १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा बिरोध र धर्ना गरिने जनाइएको छ ।

उता नेपालका लागि नेपाली पार्टीले बंगलादेशमा हिन्दुधर्मावलम्वीमाथि भएको नरसंहारको बिरोध गर्दै आज मध्यान्ह काठमाडौंमा बंगलादेशी राजदूतलाई ज्ञापनपत्र बुझाउँदैछ । उसले उक्त विषयमा दोषीलाई हालसम्म कारबाही नगरेकाले कारबाहीको माग गरी त्यहाँका अल्पसंख्यक हिन्दुधर्मावलम्वीको रक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउन लागिएको बताएको छ ।

आजै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिको बैठक डाकिएको छ । दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासल, ललितपुरमा बैठक डाकिएको हो ।

नेपाली काँग्रेसको मुख्यालयमा जारी धर्ना आज पनि शुरु भएको छ । त्यसैगरी सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आज पनि डा. सीके राउतको जीवनीमा आधारित भिडियो प्रदर्शन गर्ने जनाएको छ । तर ठाउँ र समय तोकेको छैन ।

टिप्पणीहरू