सुनको कप र सुन

भोलिबाट वल्र्ड कप पनि लाग्ने भयो । अब आउँदो एक महिनासम्म एउटै बलका लागि बाइस–बाइस जना खेलाडीको लुछाचुँडी मच्चिने भयो । संसारभरका मानिस अब रात रातभरि एउटै बल हेरेर जाग्राम बस्ने भए ।

वल्र्ड कपको क्रेज विश्वभरि नै छ । खास गरी मानिस वल्र्ड कप हुँदा त्यही कपमा पनि आँखा लगाएर बसिरहेका हुन्छन् । वल्र्ड कपको कप त सुनको हुँदो रहेछ । त्यसैले सबैको लोभ त्यसैमाथि हुन्छ । तर, हामी नेपालीलाई भने त्यो कपको कुनै अर्थ छैन । हामी केवल खेल हेर्छौं । कप हेर्दैनौँ । किनभने त्यो कप भनेको बढी भए दुई अथवा तीन किलो सुनको होला । त्यो दुई तीन सुनमा अहिले हाम्रो आँखै जाँदैन । हाम्रो आँखा त अहिले ३३ किलो सुनमा गइरहेको छ । हामीलाई अहिले तीन किलो सुनको कप होइन, ३३ किलो सुनको बोरा चाहिरहेको छ । ३३ किलो सुन खोजिरहेको आँखामा त्यो तीन किलोवाला कपको के मूल्य रहन्छ र ? होइन ?

टिप्पणीहरू