​को तस्कर, को माफिया ? « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

​को तस्कर, को माफिया ?

प्रकाशित मिति :  ४ जेष्ठ २०७५, शुक्रबार १६:४६


गृहमन्त्री कमरेड रामबहादुर थापा बादलले हालै एउटा कार्यक्रममा भन्नुभएछ कि देश अहिले तस्कर र माफियाको हातमा छ ।
उहाँको अभिव्यक्ति सुनेर सबै जना चकित भएका छन् । अरूको त के कुरा, स्वयं तस्कर र माफियै पनि चकित छन् । आखिर एक बहालवाला गृहमन्त्रीले भनेको कुरा– नपत्याउने कसरी ? विभिन्न गुप्तचरी स्रोतबाट उहाँले यो कुरा पत्ता लगाएको हुनुपर्छ । उहाँको त स्रोत पनि धेरै छ । त्यति धेरै स्रोतबाट पत्ता लगाएको कुरा झुट कसरी हुन सक्छ ? 

तर, त्यसो भने पनि स्वयं तस्कर र माफिया भने त्यसलाई स्विकारिरहेका छैनन् । किनभने देश उनीहरूको हातमा पनि छैन । गृहमन्त्रीले त भन्नुभयो तर भनेर के गर्नु ? आफ्नो हातमा छैन । त्यसोभए कसको हातमा छ त ? 

के देशमा साँच्चैको तस्कर र माफियाभन्दा पनि ठूलो अर्को तस्कर र माफिया जन्मिसकेको हो जसको हातमा पुगिसकेको छ ? 


प्रतिक्रिया दिनुहोस !