​ऐंठनमा भेटिन्छन् आजका मान्छे

  • टिपी तिमल्सिना

चर्चित पत्रकार (समकालीन तिसरी दुनियाँका सम्पादक), विश्लेषक आनन्दस्वरूप वर्माले भारतबाट नेपालमा रेल आउने कुरा हावा गफ भएको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको मुखपत्र रातोखबर साप्ताहिकका गुणराज लोहनीसँग संवाद गर्दै उनले महेन्द्रको सपनाले केपी ओलीलाई एेंठनमा पारेको बताए । 

एमाले उपमहासचिवसमेत रहेका अर्थराजनीति विश्लेषक घनश्याम भुसाल भन्छन्, ‘ जसरी तान्त्रिकले मन्त्र पढेर भक्तजनलाई लठ्ठ बनाउँछ ओली र प्रचण्डले कम्युनिष्ट आन्दोलनका भक्तलाई उसैगरी मोहित गराइरहेका छन् ।’ 

ओलीको ध्यान दुवैतिरका शक्तिलाई रिझाउनेतिर गएको देखिन्छ । प्रधानमन्त्री बन्नुपहिले तिब्बतको सीमा रसुवागढी पुगेर जम्बो टोलीसँग सेल्फी खिचे । सिमानाको डाँडामा पुगेर सेल्फी हान्दैमा देशमा समृद्धि आउँदैन । नाकाबन्दीताका उनलाई केही बुद्धिजीवी र मिडियाले चर्चित राष्ट्रवादी बनाइदिए । राजा महेन्द्रले आपूm केन्द्रमा नभईकन केही पनि गरेनन् । सामाजिक सञ्जालमा एक जना मित्रको तर्क थियो, ‘अहिलेका कम्युनिष्ट सामन्तवादी साम्यवादी भए ।’ रसुवागढी मूलतः त्रिदेशीय सञ्जालको रूपमा विकास भएको छ । यहाँ तस्करीको अन्तर्राष्ट्रिय चलखेल हुने गर्छ । सुनलगायत अन्य तस्करीमा सेकुवा कर्नरका मालिकदेखि प्रहरीका ठुल्ठूला अफिसरसमेत तानिइरहेका छन् ।

यो सवालमा ओलीको पार्टी मौन छ । वाम गठबन्धन मौन छ । रसुवागढी पुगेर समाजवादको सपना देख्नु आपैmँमा केटाकेटीपन हो । 
आज कम्युनिष्ट आन्दोलन संकटमा छ । कोठे कम्युनिष्ट पार्टीले मात्र ज्यानमारा बजारवादविरुद्ध लड्न सक्ने अवस्था छैन । संकुचित घेराबाट बाहिर आएर बृहत् खालका आन्दोलन नगरी कम्युनिष्ट आन्दोलन उचाइमा पुग्दैन । कम्युनिष्ट पार्टीले काल्पनिक समाजवादविरुद्ध संघर्ष गरेको शताब्दी भइसक्यो । सोभियत संघले आफ्नै खर्चमा वैज्ञानिक समाजवादको प्रचार ग¥यो तर त्यही ठाउँबाट काल्पनिक समाजवाद जन्मियो । पुष्पलाललाई गद्दार घोषणा गर्नेहरूकै लाइनमा कम्युनिष्ट आन्दोलन पुग्यो । भयंकर ठूला कम्युनिष्ट नेता दरबारको शरणमा पुगे ।

केही राष्ट्रवादी र देशभक्त कम्युनिष्ट दिल्लीकै शरणमा पुगे । कम्युनिष्ट आन्दोलनले जसलाई गद्दार भन्यो तिनैसँग घाँटी जोड्न इमान्दारहरू आइपुगे । तर, खगेन्द्र संग्रौलाको टिप्पणी मोहनविक्रमप्रति लक्षित थियो । गद्दार पुष्पलाल भनेर निकै ठूलो किताब निकालेका मोहनविक्रमलाई पुष्पलालकै संयुक्त जनआन्दोलनको नीतिले सडकमा ल्यायो । आजको सामाजिक फाँसीवादी व्यवस्थालाई परिवर्तन गर्न संयुक्त जनआन्दोलन आवश्यक छ भन्ने पुष्पलाललाई जतिचोटि गद्दार सावित गर्न खोजिए पनि उनको विचार मरेन । 

राणाहरूलाई फ्याँक्नका लागि कांग्रेससँग मिलेर भए पनि संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने नीति वैज्ञानिक भएको समय सन्दर्भले देखाइसकेको छ । गणेशमान पटक–पटक भन्ने गर्थे– कहिलेकाँही नेतासँग लाखौं मान्छेको जुलुस हुन्छ । कहिलेकाँही नेता आपूmबाट पनि बिछोडिनुपर्ने अवस्थामा पुग्छन् । हुलले मात्रै सही विचार निर्धारण गर्न सक्दैन । सही विचारको आयु लामो हुन्छ । काल्पनिक समाजवादका पुराण भट्याए पनि विज्ञानको नियमले सिद्ध गर्छ कि सही विचारको जहिल्यै जित हुन्छ । 

टिप्पणीहरू