​एकान्त वार्ता

अरूको कुरा त थाहा छैन, नेपाल र भारतका प्रधानमन्त्रीहरूचाहिँ भेट हुनेबित्तिकै एक डेढ घण्टा एकान्त वार्तामा लागिहाल्छन् । हात मिलाएर, अंकमाल गरेर, चिया खाएर चित्त बुझ्दैन । एकान्त वार्ता नै गर्नुपर्छ । अहिले पनि त्यस्तै एकान्त वार्ता भयो । दुई जना प्रधानमन्त्री मात्र एउटा कोठामा स्वाट्ट पसेर वार्ता गरेको ग¥यै ।

एकान्त वार्ता । त्यो पनि दुई जना प्रधानमन्त्रीबीच । दायाँ बायाँ कोही पनि छैनन् । त्यस्तो वार्तामा वास्तवमा के हुन्छ होला ? अहिले स्वास्थ्य कस्तो छ ? दबाई के लिनुहुन्छ ? चियामा कति चम्मच चिनी हाल्नुहुन्छ ? यस्तो कुनै वार्ता त हुँदैन होला । त के कुरा हुन्छ त त्यो वार्तामा ? 
एकान्त वार्ता सकाएर प्रधानमन्त्रीहरू बाहिर निस्कँदा सबैमा जिज्ञासा हुनु स्वाभाविकै हो । धमलाजीले नेपालका प्रधानमन्त्रीलाई घेर्दै सोधे, ‘एकान्तमा के वार्ता भयो महामहिमज्यू ?’

नेपालका प्रधानमन्त्रीले थोरै पनि नहडबडाइकन भन्नुभयो, ‘राम्रो वार्ता भयो । नेपालको विकासमा भारतले सहयोग गर्छु भन्ने विषयमा वार्ता भयो ।’

म छक्क परेँ । ‘नेपालको विकासमा भारतले सहयोग गर्ने’ यति भन्न एकान्त वार्ता गर्नुपर्छ ? नेपालको विकासमा सहयोग गर्छु, नेपालले राम्रो प्रगति गरोस्, मित्रता गाढा पारौँ…यति कुरा भन्नलाई एकान्त वार्तामा जानुपर्छ ? के एकान्तमा गरिने वार्ता यही हो ? 

टिप्पणीहरू