कहाँ कहाँका पुराना नेताहरु माधव नेपालसङ्ग ?

कहाँ कहाँका पुराना नेताहरु माधव नेपालसङ्ग ?

नेकपा (एकीकृत समाजवादी) ले सात भौगोलिक प्रदेश,उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीमा पदाधिकारी चयन गरेको छ । समाजवादीले अस्ति जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)-२ अनुसार ती कमिटीहरुमा इञ्चार्ज, अध्यक्षसहित पदाधिकारीको नाम टुंगो लगाइएको हो ।

जसअनुसार प्रदेश १ को इञ्चार्जमा झापा संघर्षको दौरान १४ बर्ष जेल बसी नख्खू जेलसमेत ब्रेक गर्नेमध्येका उपाध्यक्ष घनेन्द्र बस्नेत तोकिएका छन् । प्रदेश १ को सांसदसमेत रहेका चर्चित युवा नेता राजेन्द्रकुमार राईले सहइञ्चार्जको जिम्मा पाएका छन् ।

उपत्यका विशेष प्रदेशको इञ्चार्ज विश्वनाथ प्याकुरेललाई दिइएको छ भने केदार सञ्जेल अध्यक्ष बनेका छन् । यहाँ विष्णु लम्साल सचिव तोकिएका छन् ।

अध्यक्षमा पन्चायतकालीन धादिङ्ग र नुवाकोट इन्चार्ज सुरेश कार्की चयन हुँदा उदयपुरबाट बलदेव चौधरी र राजन राई उपाध्यक्ष बनेका छन् । प्रदेश सचिवमा मोरङ्गका महेश रेग्मी र सरिता थापा उपसचिव चयन भएका छन् ।

त्यस्तै,उपाध्यक्षसमेत रहेका धर्मनाथप्रसाद साह प्रदेश नं. २ को इञ्चार्ज छन् । बलियो सांगठानिक पकड रहेको प्रदेश २ मा एकीकृत समाजवादीले तीन जनालाई सहइञ्चार्ज बनाएको छ । रामप्रित पासवान,रत्नेश्वर गोइत र कल्याणी खड्का त्यहाँको सहइञ्चार्ज छन् । प्रदेश २ को अध्यक्षमा रामचन्द्र यादव र सचिवमा लक्ष्मण पौडेल चयन भएका छन् ।

गण्डकीमा चुडामणी जंगली र शारदा सुवेदी सहइञ्चार्ज तोकिँदा तुलबहादुर गुरुङ अध्यक्ष चयन भएका छन् । रामजी शर्माले उपाध्यक्ष र तनहुँका प्रतापलाल श्रेष्ठले सचिवको जिम्मेवारी पाउँदा कास्कीका श्रीनाथ बराल र रेखा थापा उपसचिव बनेका छन्।

बागमती प्रदेशमा केदार न्यौपानेलाई इञ्चार्जसिप दिइएको छ भने जीवनराम श्रेष्ठ र बाग्मतीको मन्त्री त्यागेका कृष्ण खनाल (चितवन) ले सहइञ्चार्जको जिम्मा पाएका छन् । यहाँ सावित्रा भुसाल अध्यक्ष र लक्ष्मण लम्साल सचिव बनेका छन् । त्यस्तै,केशवलाल श्रेष्ठ गण्डकी प्रदेशको इञ्चार्ज तोकिएका छन् ।

गण्डकीमा चुडामणी जंगली र शारदा सुवेदी सहइञ्चार्ज तोकिँदा तुलबहादुर गुरुङ अध्यक्ष चयन भएका छन् । रामजी शर्माले उपाध्यक्ष र तनहुँका प्रतापलाल श्रेष्ठले सचिवको जिम्मेवारी पाउँदा कास्कीका श्रीनाथ बराल र रेखा थापा उपसचिव बनेका छन् ।

प्रदेशको अध्यक्षमा विक्रम शाही चयन हुँदा हर्कबहादुर सिंह र भीम रावलकै जिल्ला अछामका चर्चित युवा नेता शेरबहादुर कुँवर उपाध्यक्ष छन् । कैलालीका दिनेशचन्द्र सुवेदी सचिव तथा दीर्घ सोडारी,तारा लामा र माया भट्टले उपसचिवको जिम्मेवारी पाएका छन् ।

लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मा भागवत विश्वासीले पाएका छन् । त्यहाँ माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र अर्का नेता दलबहादुर सुनारलाई सहइञ्चार्ज बनाइएको छ । दङ्गाली चर्चित नेता मेटमणी चौधरी लुम्बिनीको अध्यक्ष बनेका छन् । राजु गरुङ सचिव चुनिएका छन् ।

कर्णालीको इञ्चार्जसिप प्रकाश ज्वालाले पाएका छन् । तीन सहइञ्चार्ज रहेको कर्णालीमा समाजवादीले अध्यक्ष चयन गरेको छैन । मुगुका चन्द्रबहादुर शाही, हंशबहादुर शाही र शेरबहादुर के.सी. सहइञ्चार्ज रहेका छन् भने रोल्पाली ठगेन्द्रप्रकाश पुरी सचिव तोकिएका छन् ।

प्रदेशसभामा पहिलो दल बनेको सुदूरपश्चिममा समाजवादीले गरिमा शाहलाई इञ्चार्ज बनाएको छ । प्रेम आले,निरादेवी जैरु र रामकुमार ज्ञवाली त्यहाँ सहइञ्चार्ज तोकिएका छन् । प्रदेशको अध्यक्षमा विक्रम शाही चयन हुँदा हर्कबहादुर सिंह र भीम रावलकै जिल्ला अछामका चर्चित युवा नेता शेरबहादुर कुँवर उपाध्यक्ष छन् । कैलालीका दिनेशचन्द्र सुवेदी सचिव तथा दीर्घ सोडारी,तारा लामा र माया भट्टले उपसचिवको जिम्मेवारी पाएका छन् ।

यता,उपत्यका विशेष प्रदेशको इञ्चार्ज विश्वनाथ प्याकुरेललाई दिइएको छ भने केदार सञ्जेल अध्यक्ष बनेका छन् । यहाँ विष्णु लम्साल सचिव तोकिएका छन् । त्यस्तै,सम्पर्क समन्वय कमिटीको संयोजकमा विजय गुरुङ, सहसंयोजक लक्ष्मण के.सी. र सचिव चन्द्र शाही चयन भएका छन् ।

टिप्पणीहरू