दशैंको शुभकामना दिँदै सुन्दरीहरु

दशैंको शुभकामना दिँदै सुन्दरीहरु

यो वर्षको दशैं शुरु भएको छ । भोलि फूलपाती हो । फूलपातीदेखि दशमीसम्म दशैं विशेष रुपले मनाइन्छ ।

यसबीच कसैलाई दशैं कसरी मनाउने भन्ने पीर छ । कसैलाई शुभकामना दिन भ्याइनभ्याइ छ । पहिलेझैँ भेटेर,लेखेर वा घरको ल्याण्डलाइन फोन थिचेर शुभकामना दिनुपर्ने बाध्यता अहिले छैन ।

केही वर्षदेखि विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट शुभकामना साटासाट गर्ने चलन ह्वात्तै बढेको छ । यहि क्रममा नेपालका केही पूर्व सुन्दरीहरुले आज उभिएर खिचेको सामुहिक फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर दशैंको शुभकामना दिएका छन् ।

आठ जना पूर्वसुन्दरीहरुको तस्बिरसँगै सदिच्छा श्रेष्ठको अंग्रेजीमा ह्याप्पी दशैं फ्रम अस भनेर मात्रै लेखिएको छ । जसमा दुई घण्टाको समयमा झण्डै तीन हजार जनाले लाइक गरेका छन् भने ३९ जनाले टिप्पणी गरेका छन् । टिप्पणी गर्नेमध्ये केहीले सुन्दरीहरुको लामो गोडाको बारेमा लेखेका छन् ।

टिप्पणीहरू