पोखरीमा डुबेर एक नाबालकको मृत्यु

पोखरीमा डुबेर एक नाबालकको मृत्यु

डिलमा खेल्दाखेल्दै पोखरीमा खसेका तीन वर्षीय बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर घाइते भएका मोरङको सुनवर्षी नगरपालिका-९ डायनियाका श्याम प्रसाद सिंहका तीन वर्षीय छोरा अजित सिंहको आज रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका थिए । मृतककी आमा हिजो दिउँसो पोखरीमा नुवाइधुवाइ गर्न गएको बेला बालक पनि सँगै गएका थिए । आमा लुगा धुइरहेको बेला बालक डिलमा खेल्दाखेल्दै पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेको थाह पाएपछि बालकको तत्कालै उद्धार गरेर अस्पताल लगिएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

टिप्पणीहरू