बसको ठक्करबाट नौबिसेमा स्थानीयको मृत्यु,केहीबेर तनाव

बसको ठक्करबाट नौबिसेमा स्थानीयको मृत्यु,केहीबेर तनाव

त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रसुवाबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ६१५१ नम्बरको बसको ठक्करबाट स्थानीय ज्ञानसागर लामाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि स्थानीयले दुबैतर्फ अवरुद्ध गराएको नौबिसे नागढुंगा क्षेत्र केहीबेर अघिबाट खुलेको छ । मृतक परिवार र सवारीधनीबीच सहमतिपछि बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए ।सहमतिपछि प्रहरीले घटनास्थलको मुचुल्का लिने र शव उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । दशैँ लागेर व्यस्त सडक झण्डै २ घण्टा अबरुद्ध भएको थियो ।

टिप्पणीहरू