डरत्रास देखाई जबरजस्ती करणी गर्ने पक्राउ

डरत्रास देखाई जबरजस्ती करणी गर्ने पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक भक्तपुरबाट समातिएका छन् ।

सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकका ३३ वर्षीय विजय महतोले डर धम्कि देखाई महिलालाई करणी गरेको आरोपमा आज प्रहरीले समातेको हो ।

महतोले महिलालाई गत असोज १९ गते चित्तपोलस्थित रिसोर्टमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यससम्बन्धमा थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

टिप्पणीहरू