​प्रचण्डको बडी ल्याङ्ग्वेजबारे प्रष्टोक्ति

‘शनिबार प्रचण्ड आउनुभयो । उहाँको बडिल्याङ्ग्वेज, हाउभाउ हेर्दा छलकपट केही पनि देखिएन । एकता हुन्छ, ढुक्क हुनुस् !’ सोमबारको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने, ‘समस्याचाहिँ कांग्रेसले सरकार कहिले छाड्छ भन्ने हो । यसमा पारिको पनि हात छ । कांग्रेसले जितेको भए हामीलाई यतिञ्जेल बसिखान दिँदैन थिए ।’ 

चुनावको परिणाम आएको लामो समय बितिसक्दा पनि निर्वाचन आयोग आफैँले संविधानको अपव्याख्या गर्दै नयाँ सरकार गठनको अवधी लम्ब्याउनुका पछाडि धेरैप्रकारका खेल हुनसक्ने अनुमान केपीको थियो । अर्थात्, निर्वाचन आयोगले गर्नुपर्ने, गर्न मिल्ने काम पनि नगरेको उनको गुनासो थियो । ‘हामीले पठाएका मान्छे पनि नालायक निस्किए’, उनले भने । 

पार्टी एकताको अभ्यास चलिरहँदा अहिले एकीकृत पार्टीका वैचारिक पक्षहरु कसरी व्यवस्थापन गर्ने भन्ने बाहिरी बहस तीव्र छ । केपीले भने, ‘व्यक्तिगत रुपमा प्रचण्डले जनताको बहुदलीय जनवाद त मान्लान्, तर उनकै पार्टीका अरु मान्छेको प्रेसर कस्तो रहन्छ ? अहिले एउटा विचार छाडेर महाधिवेशनपछि बल्ल त्यसलाई अंगीकार गर्ने वा नगर्ने भन्ने कुरा हुनैसक्दैन ।’ एकतापूर्व विचार र नीति, कार्यक्रम, संगठनात्मक संरचना र अन्तरिम विधानबारे एउटै कार्यदल बनाएर कुरा निप्ट्याउने कि अलग–अलग विषयका लागि अलग–अलग कार्यदल बनाउने भन्नेबारे छलफल गरौँ भन्दै केपीले एकता र सरकार गठन, दुबै कामको महŒव उत्तिकै रहने बताए । 

यसबीच एक अनलाइन अन्तर्वार्तामा उपमहासचिव घनश्याम भुषालले पार्टी एकता हुने भएपछि जनताको बहुदलीय जनवादको ‘च्याप्टर क्लोज’ भएको बताएका थिए । यो बहस निक्कै रन्किएको छ । तर, सोमबारको बैठकमा स्वयं घनश्याम उपस्थित थिएनन् । उनले यस्तो बोलेलगत्तै सञ्चार इलाका कमिटीले गरेको स्वागत कार्यक्रममा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकता भएकै दिनदेखि केपी, प्रचण्ड, माधव, झलनाथ, वामदेवलगायतका नेताले राजनीतिबाट सन्यास लिएर नेपालको शान्तिप्रक्रियाबारे अक्सफोर्ड युनिभर्सिटीमा महिनावारी १५ सय डलर पारिश्रमिक लिई क्लास लिन सुझाव दिएपछि केपी आगो भएका रहेछन् ।

सोमबारको बैठकमा यी दुई भाइका कुरामाथि टिप्पणी गर्न दुई–तीन घण्टाको समय लिए । घनश्यामलाई लक्ष्यित गर्दै भने, ‘यस्ता कुरा नगरे हुन्छ । माक्र्सवाद पनि होइन, त्यो त पण्डित्याइँमात्र हो ।’ योगेशबारे टिप्पणी गर्दै भने, ‘कति लामो प्रयासपछि बल्ल वाम एकता हँदैछ । एकतालगत्तै छाडिदेऊ भन्ने हो ? छाड्ने बेला भएकै छैन । अब यो एकता र प्राप्त उपलब्धीलाई तार्किक निश्कर्षमा पु¥याउनका लागि सिनियर नेताहरु सँगै बस भन्नुको सट्टा छोड्नु भन्नुको के अर्थ छ ? राम्रो नियतले उहाँले बोल्नुभयो भन्ने मलाई लाग्दैन । युवाहरुलाई स्पेश दिनुपर्छ । हाम्रो पार्टीका अरु कोही नेताभन्दा यो विषयमा म सबभन्दा सिरियस छु । तर, भएजति बूढाखाडा जाऊ, हामी चलाउँछौँ भन्ने कुराले उपलब्धीहरु संकटमा पर्दै जान्छन् ।’

टिप्पणीहरू