एमालेमा ४ घण्टा छलफल र सर्लक्कै प्रतिवेदन पास

एमालेमा ४ घण्टा छलफल र सर्लक्कै प्रतिवेदन पास

नेकपा एमालेको प्रथम विधान महाधिवेशनको दोश्रो दिनको पहिलो सत्र अब एक छिनमा शुरु हुँदैछ । आजको बन्द सत्रमा नेताहरुले प्रस्तुत गरेका तीन वटै प्रस्तावउपर प्रतिनिधिहरुले छलफलजस्तो गर्नेछन् ।

गोदावरीको सनराइज सभाहलमा हिजो अध्यक्ष केपी ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव इश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान सँशोधन प्रस्ताव भने प्रतिनिधिहरुलाई झोलामा राखेर वितरण गरिएको थियो ।

अहिले ४ घण्टाभित्र ६ हजार प्रतिनिधिलाई १० वटा समूहमा विभाजन गरेर तीन थरि प्रतिवेदनमाथि छलफल गराइने बाजुराका नेता कर्ण थापाले जानकारी दिए । यसो गर्दा एक समूहमा ६ सय जना पर्नेछन् । समूह विभाजनको आधार ७ प्रदेश,तीन विभिन्न केन्द्रीय आयोग र निकायलाई बनाइएको छ ।

प्रत्यक समूहमा सोही क्षेत्रका इन्चार्ज र सह इन्चार्जलाई सहजकर्ता र अध्यक्षलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको छ । सबै प्रदेशका इन्चार्ज र सहइन्चार्जहरु सहजकर्ता र अध्यक्षहरु टिम नेता भएका छन् ।

सम्पर्क समन्वयको समूहलाई इन्चार्ज छविलाल विश्वकर्माले सहजिकरण गर्नेछन् भने सुजिता शाक्यले अध्यक्षता गर्नेछिन् ।

टिप्पणीहरू