चीनमा डाक्टरी पढेकाहरु माइतीघरमा

चीनमा डाक्टरी पढेकाहरु माइतीघरमा

चीनबाट चिकित्सा विधाको स्नातक तह पूरा गरी नेपाल फर्किएका विद्यार्थीहरुले माइतीघर मण्डलामा केही दिनदेखि धर्ना दिँदै आएका छन् ।

सन् २०१५ र २०१६ मा चिकित्साशास्त्र पढेका उनीहरुले नेपालमा इन्टर्नसीप पूरा गर्न नपाएको र चिकित्सा शिक्षा आयोगले तत्काल इन्टर्नसीप पूरा गराउनु पर्ने माग राख्दै आज पनि धर्ना दिएका हुन् ।

चिकित्साशास्त्र अध्ययन गरेका झण्डै तीन दर्जन विद्यार्थीले हेर सरकार सुनिदेऊ हाम्रो पुकार, सरकार तिम्रो पाराले दुःख पायौं साराले,पढ्न चीन गएका छोराछोरीको हालदेखि रुन्छिन् हाम्री आमा,समयको नाश सरकार हाम्रो एउटै मात्र आश,नेपाल सरकार हाम्रो माग पूरा गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू