मन्त्रीले खाएको शपथ नमिलेको मुध्दा हरिकृष्ण श्रीमानले हेर्दै

मन्त्रीले खाएको शपथ नमिलेको मुध्दा हरिकृष्ण श्रीमानले हेर्दै

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिएको पद तथा गोपनीयताको सपथ खारेज गर्न माग राखी सर्वोच्च अदालतमा हिजोमात्र दायर भएको रिट १६ औं नम्बरमा पेशी चढेको छ । यसको पालो आज आउने सम्भावना देखिन्न ।

गुल्मीका २९ वर्षीय अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्काले लिएको सपथ असंवैधानिक भएको जिकिर गरेका छन् । कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपतिसमक्ष लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता न्यौपानेद्वारा दायर गरेको रिट सुनुवाईका लागि न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशमा पेशी चढेको हो ।शपथसम्बन्धी अध्यादेश निस्क्रिय भएको अवस्थामा गैरसंवैधानिक तवरले शपथ गराइएको र खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएकोले सो बदर गर्न माग गर्दै उनले रिट दायर गरेका थिए ।

२०७८ असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्रमन्त्रीमा नियुक्त डा. खड्काले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए।
परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको संघीय कानुनबमोजिम भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा जिकिर गरिएको छ। उनले सो शपथलाई बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरेर मात्र शपथ गराउन माग गरेका छन् ।

शपथसम्बन्धी अध्यादेश ०७८ संसदबाट पारित नभई निस्क्रिय भएको अवस्था र भोलि १४ गतेका लागि मात्र हाउस डाकिएका कारण भोलिसम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्भावनालाई यसले धक्का हान्नसक्छ ।

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/29115513/Narayan_Khadka_Oath_writ.pdf”]

टिप्पणीहरू