​लास्टमा रीताको ‘मिल्दैन रे’

रीता खनाल समानुपातिकको चार नम्बरमा थिइन् । देउवासँग जोडेर केही महिलाका चारित्रिक विषय उठाएर समाचार लेखाइन् । समाचार छापिएपछि पुलिस लगाएर अनुसन्धान भयो । तर, त्यसमा रीता र डिला संग्रौलाको नाम थिएन । जबकि, रीता चारित्रिक मामिलामा सबभन्दा बद्नाम छिन् । समाचार आएपछि पहिला डिलाको नाम काट्न ठिक्क थिए, शेरबहादुर । तर, डिना उपाध्यायहरूले रीताले पनि हुन सक्ने अनुमान गर्दै शेरबहादुरलाई सुझाव दिए, ‘पुलिस लगाएर अनुसन्धान गरौँ । 

त्यसबाट जे ठहर हुन्छ, त्यहीअनुसार गरौँ ।’ भयो पनि त्यस्तै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीलाई शेरबहादुर आफँैले फोन गरेर ‘यो कुरा पत्ता लगाउनुस् त’ भने । पत्ता पनि लाग्यो । त्यो काम रीताले गरेको र उनले लीला नाम गरेका पत्रकारलाई प्रयोग गरेको ठहर भयो । समानुपातिकको फाइनल नाम दर्ता गर्नुअघि रीताको नाम खस–आर्य महिलातर्फ ४ नम्बरमा थियो । शेरबहादुरले रीताको नाम नकाटी त्यसमा सही नै नगर्ने अडान लिए । रामचन्द्रचाहिँ रीताको नाम जसरी पनि पर्नुपर्छ भनेर अन्तिमसम्म कराइरहेका थिए । शेरबहादुरले कड्किएर भने, ‘डिना रोएको रोयै छ । म कसरी सही गरुँ !’ यसो भनेपछि सबै चुप लागे । रीताको नाम काटिने नै भएपछि बालकृष्ण खाँणको पालो आयो । 

पड्किन थाले, ‘कोही कसका गर्लफ्रेन्ड, कोही कसका के ! हाम्राचाहिँ कोही पनि केही नहुने !’ यसपछि रीताको ठाउँमा मञ्जु खाँण परिन् । रीताले लेखाएको समाचारमा डिनाले श्रीमान् छाडेको र शेरबहादुरसँगै रहने आशयको कुरा उल्लेख थियो । जबकि, डिनाले श्रीमान्को मदिराको लत छुटाउन आफैँले अमेरिका लगिन्, उपचार गराएर अहिले सँगै छन् । श्रीमान् नाति–नातिना खेलाउने, डिना पार्टीमा हिँड्ने गर्छिन् । यस्तो घटनाबाट परिसकेको नाम काटिँदा रीता भाउन्निएर विभिन्न ठाउँमा पुगिन् । झगडा गरिन् । रोइन्, कराइन् । तर, जसले जतिपल्ट भने पनि शेरबहादुरले मान्दै मानेनन् । हेटौँडाका कांग्रेस साथी इन्द्र बानियाँलाई फोन गरिन् । डिनालाई ‘विषकन्या’ भन्दै गाली गरिन् । विमलेन्द्रलाई भनिन् । ‘म सक्दिनँ’ भनेर फोन काटे । नुवाकोटमा घरदैलोमा व्यस्त रहेका डा.रामशरण महतलाई थर्काइन्, ‘मेरा लागि यति नगर्ने हो भने म सबै पोल खोलिदिन्छु !’ यति भनेपछि रामशरण खुरुक्क गाडी चढेर काठमाडौं झरे । समानुपातिकको सूची बुझाउने अन्तिम दिनको रात परिसक्दा उनी सोझै निर्वाचन आयोगमा पुगे । रीताको नाम हाल्न दबाब दिए । तर, आयोगका कर्मचारीको जवाफ थियो, ‘पार्टी सभापतिको सही नभई हुँदैन । भोलि मुद्दा प¥यो भने एकजनाको कारणले पार्टीका सबै उम्मेदवार रद्द हुन सक्छन् ।’ रामशरणले त्यहीँबाट शेरबहादुरलाई फोन गरे । पिए भानुसँग कुरा भयो । उनले शेरबहादुरलाई सोधेर रामशरणलाई जवाफ फर्काए, ‘मिल्दैन रे !’

टिप्पणीहरू