प्रहरी चेकपोइन्टमै सवारी दुर्घटना, ट्राफिक प्रहरीमाथि मापसे गरेको आरोप

प्रहरी चेकपोइन्टमै सवारी दुर्घटना, ट्राफिक प्रहरीमाथि मापसे गरेको आरोप

झापामा भएको एक सवारी दुर्घटनामा ट्राफिक प्रहरीमाथि दोष आइलागेको छ । प्रहरीले मादक पदार्थ सेवन गरी चेकजाँचमा लापरवाही गर्दा उक्त दुर्घटना भएको भन्दै स्थानीयले ट्राफिकमाथि आरोप लगाएका हुन् ।

जिल्लाको शिवसतासी नगरपालिका-१० माईधारमा आज टिप्परले मालवाहक गाडीलाई ठक्कर दिँदा नहरमा खसेर एक जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरीले चेक जाँच गर्ने क्रममा पछाडिबाट आएर प्रदेश नम्बर ०३–००१ क ००९५ नम्बरको टिपरले को.२ च २६३२ नम्बरको गाडीलाई ठक्कर दिँदा गाडी चालक दमक नगरपालिका –९ बस्ने ४० वर्षीय नेत्र खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले मादक पदार्थ सेवन गरी चेकजाँचका क्रममा लापरवाही गरेकाले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर सडक अवरुद्ध पारेका थिए ।

नहरमा गाडी खस्दा चालकसहित अन्य ३ जना रहेको स्थानीयको भनाइ छ । प्रहरीले भने आफूहरुले मादक पदार्थ सेवन नगरेको र गाडीमा एक जना मात्र भएको दावी गरेको छ ।

अहिले टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू