गृह जिल्लामै गृहमन्त्रीलाई गाह्रो

गृह जिल्लामै गृहमन्त्रीलाई गाह्रो

काँग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीका आकाँक्षी गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नै गृहनगरमा सास्ती भएको छ । रुपन्देहीमा पार्टीको संस्थापन र इतर पक्षबीच देखिएको टक्करसँगै बुटवल उपमहानगरपालिकामा भएको काँग्रेस चुनावमा खाँण पक्षलाई नराम्रो झट्का लागेको छ ।

हाल भइरहेको पालिकास्तरीय चुनावमा रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । जिल्लाका १४ पालिकामा भएको निर्वाचनमा दुवै पक्षले आफ्नो जीत भएको दाबी गरेका छन् ।

जिल्लाका १४ वटा पालिकामध्ये आधाको सभापतिमा संस्थापन र आधामा गैरसंस्थापन पक्षले जीतको दाबी गरेका हुन् । पछिल्लो परिणामअनुसार तिलोत्तमा र सिध्दार्थनगर नगरपालिकामा संस्थापन पक्षका नेता खाँणसमर्थित उम्मेदवार विजयी भएका छन् । तर लुम्बिनी प्रदेशको आर्थिक राजधानी रहेको बुटवल उपमहानगरमा भने संस्थापन पक्ष नराम्रोसँग पराजित भएको छ ।

“जिल्लाका १४ पालिका सभापतिमा महिला भने शून्य छन् । बुटवलमा एक महिलाले सभापतिमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी छन् ।”

बुटवलमा खेलराज पाण्डेले ४ सय ११ मत पाउँदा खाँण समर्थित रिता केसीले जम्मा १ सय २४ मत प्राप्त गरेकी छन् । बुटवलमा सभापतिको अलावा उपसभापति र सचिवसमेत मन्त्री खाँड बिरोधीहरुले हात पारेका छन् ।

तिलोत्तमा नगरपालिकाको सभापतिमा गृहमन्त्री निकट हरिलाल पाण्डेले जितेका छन् । सियारी गाँउपालिकामा भने अर्का पाण्डेले खाँण विरोधी मोर्चाको नेतृत्व गरेर विजयी भएका हुन् । सियारी र मायाँदेवीमा क्रमशः गोपाल पाण्डे र पदम भण्डारीले पौडेल पक्षको उमेदवारको रुपमा जीत हात पारेका छन् ।

त्यसैगरी सैनामैना,कोतहिमायी, मर्चावारी ओम सतासियामा पनि खाँण बिरोधीले जितेका छन् । देवदह र लुम्बिनी साँस्कृतिक नगरमा संस्थापन निकट विजयी भएका छन् । तीन वटा पालिकाका सभापति कतै पनि खुलेका छैनन् ।

जिल्लाका १४ पालिका सभापतिमा महिला भने शून्य छन् । बुटवलमा एक महिलाले सभापतिमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी छन् । त्यस बाहेक अन्यको सभापतिमा महिलाले उम्मेदवारी समेत नहालेको बताइएको छ ।

टिप्पणीहरू