छुरा प्रहार गरी छिमेकीको हत्या

छुरा प्रहार गरी छिमेकीको हत्या

घरायसी सामान्य विवादका कारण एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सुनसरी ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापा रहेका छन । निजका छिमेकी ६२ बर्षीय देवीप्रसाद अधिकारीले झगडा हुँदा छुरा प्रहार गरी उनको हत्या गरेका हुन । हिजो बेलुका भएको यो घटनापछि घाइते थापालाई उपचारको निम्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर चिकित्सकले थापालाई अस्पतालमा मृत घोषित गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले थापालाई छुरा प्रहार गरी हत्या गर्ने अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारी पनि घाइते भएको कारण प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेके इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

टिप्पणीहरू