टियु मैदानमा नेपाली बलरले अफ्रिदीको सामना गर्दै

टियु मैदानमा नेपाली बलरले अफ्रिदीको सामना गर्दै

देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको चौथों संस्करण आजबाट सुरु हुँदै छ । आज मध्याहन्न सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिग चरणको पहिलो खेल हुँदैछ ।

उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् । साविकको विजेता ललितपुरबाट ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् ।

ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् । त्यस्तै, सन्दीप लामिछाने कप्तान रहेको काठमाडौँमा पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् ।

यसअघि राष्ट्रिय खेलाडीमात्र खेलाइने गरिएको इपिएलमा यसपटक भने विश्वमै नाम चलेका चर्चित विदेशी क्रिकेटहरु पनि मैदानमा उत्रिएका कारण थप रौनकता आउने देखिएको छ । विदेशी खेलाडी र भव्य तयारीले प्रतियोगितामा रौनकता थप्ने इभेन्ट्स म्यानेजमेन्टले विश्वास लिएको छ ।

६ टिम सम्मेलित प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछन् ।

टिप्पणीहरू