यी हुन् नेकपा (एस) का पदाधिकारी

यी हुन् नेकपा (एस) का पदाधिकारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उपाध्यक्ष,महासचिवसहित १७ सदस्यीय पदाधिकारी चयन गर्ने भएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी घोषणा गर्ने गरी प्रस्ताव तयार पारिएको हो ।

पदाधिकारीबारे मोटामोटी सहमति भैसकेको तर,घोषणा हुन बाँकी रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा पुराना नेता डा. बेदुराम भुसालको नाममा सहमति जुटेको छ । यसअघि महासचिवको चर्चामा रहुनुभएका राजेन्द्र पाण्डेलाई भने उपाध्यक्ष प्रस्ताव गरिएको छ । उपाध्यक्षमा पाण्डेसहित,प्रमेश हमाल,धर्मनाथ साह र जयन्ती राईलाई प्रस्ताव गरिएको छ ।

यसअघि महासचिवको चर्चामा रहनुभएका राजेन्द्र पाण्डेलाई भने उपाध्यक्ष प्रस्ताव गरिएको छ । उपाध्यक्षमा पाण्डेसहित,प्रमेश हमाल,धर्मनाथ साह र जयन्ती राईलाई प्रस्ताव गरिएको छ ।

उपमहासचिव र सचिवको नाम टुङ्गो नलागेको प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँका अनुसार डा.विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वालामध्येबाट उपमहासचिव छानिने सम्भावना छ ।

एकीकृत समाजवादीको विधानमा एक जना अध्यक्ष,एक वरिष्ठ नेता, सात उपाध्यक्ष,एक महासचिव,दुई उपमहासचिव र सात सचिव ७ गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये अध्यक्षमा माधव नेपाल यसअघि नै चयन भैसक्नु भएको छ । झलनाथ खनाल वरिष्ठ नेता हुनुहुन्छ ।

त्यस्तै,१५१ सदस्यीय केन्द्रीय समिति र ३१ सदस्यीय स्थायी कमिटी सदस्य रहने एकीकृत समाजवादीको विधानमा व्यवस्था छ । आज बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारीसँगै पोलिटब्यूरोसमेत घोषणा गर्ने सम्भावना छ ।

टिप्पणीहरू