चरित्रमाथि शंका गरेपछि श्रीमतीले थिचिन् श्रीमानको घाँटी

चरित्रमाथि शंका गरेपछि श्रीमतीले थिचिन् श्रीमानको घाँटी

गोरखामा आफ्नो चरित्रमाथि शंका गरेको भन्दै एउटी महिलाले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । गोरखा नगरपालिका–७ पौवाखेतबाट ५५ वर्षीया माइली कामीलाई ५६ वर्षका श्रीमान आइतबहादुर कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

आइतबहादुर हिजो बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । अनुसन्धानको क्रममा माइलीले सोमबार राति मादक पदार्थ सेवन गरेर सुतेका आइतबहादुरको घाँटी थिचेर हत्या गरेको खुलेको हो ।

श्रीमानले सँधै रक्सी सेवन गर्ने र उनीहरुबीच झैझगडा र कुटपिट हुने गरेको माइलीले बताएकी छन् । सोमबार राति आइतबहादुरले रक्सी सेवन गरेर माइलीलाई चोटपटक लाग्ने गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

माइलीका अनुसार श्रीमानले आफ्नो चरित्रमाथि बारम्बार शंका गर्थे । दिनहुँ रक्सी सेवन गर्ने, गालीगलौज तथा कुटपिट समेत गरेका कारण आजित भएर घाँटी थिची हत्या गरेको उनले स्वीकारेको बताइन्छ ।

टिप्पणीहरू