भारतीय स्कुटरमा हालेर नेपाली जाली नोट ल्याइयो

भारतीय स्कुटरमा हालेर नेपाली जाली नोट ल्याइयो

महोत्तरीको औरही नगरपालिका–१ बाट १ हजार दरको २२ थान जाली नेपाली नोटसहित एकजना समातिएका छन् । पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय पिन्टुकुमार राय हुन् ।

औरही बजारस्थित फलफूलपसलबाट उनलाई जाली नेपाली हजारको २२ थान नोटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ ।
उनको साथबाट बीआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

काठमाडौं र सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने उदयपुर घर भएका ३६ वर्षीय पूर्णबहादुर मगरको कोठामा तास खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षीया निर्मला तामाङ लगायत सात जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । जुवाडेसँगै प्रहरीले ४० हजार ७ सय ९५ रुपैयाँ नगद र ३ बुक तास पनि बरामद गरेको छ ।

उता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घुरेली बस्ने नन्दबहादुर अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ३२ वर्षीय कमल अधिकारीलगायत चार जनालाई गएराति प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद ६५ हजार रुपैयाँ र एक बुक तास पनि बरामद गरेको छ ।

टिप्पणीहरू