आखिर फर्सी हुन्छ चाहिँ कत्रो ?

आखिर फर्सी हुन्छ चाहिँ कत्रो ?

कोही अनावश्यक ढंगको मोटो र भद्दा शरिरको भएमा नेपाली समाजमा ‘फर्सी’ को उपमा दिने गरिएको छ । हालै जर्मनीको महोत्सवमा राखिएका फर्सीको आकार देखेर सहभागीहरु अचम्भित भएका थिए ।

जर्मनीको कोलोन शहर नजिकैको लोहमार उपशहरमा सँधै परम्परागत फर्सी महोत्सवको आयोजना गरिन्छ । यो वर्ष पनि त्यसैगरी महोत्सवको आयोजना गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । जहाँ विशाल फर्सीहरु प्रदर्शनमा राखिएका थिए ।फर्सी कत्रोसम्म थियो भने साना बालबालिकाहरुलाई त्यसमा राखिदिँदा फर्सी ठूलो तर केटाकेटी झन् साना देखिन्थे । कतिपयले फर्सीमाथि बसेर मनोरन्जनसमेत लिएका थिए ।

इच्छुकहरुलाई देखाउँदै प्रदर्शनीस्थलका कर्मचारीहरुले फर्सीको तौल जोखेरसमेत देखाएका थिए । अचम्मको साइजको फर्सी हेर्न जर्मनीका टाढा स्थानबाट समेत मानिसको घुईंचो लागेको थियो । फोटो : सिन्ह्वा ।

टिप्पणीहरू