रामेछापमा जीप दुर्घटना, ३ जनाको मृत्यु

रामेछापमा जीप दुर्घटना, ३ जनाको मृत्यु

रामेछापमा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

रामेछापको मन्थली नगरपालिका ६, हात्तीसार, कुनौलीमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक महिला र दुइ जना पुरुष छन् । एक जना बालक घाइते भएको प्रहरी निरीक्षक श्रीशंख श्रेष्ठले जानकारी दिनुभयाे ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप कुनौली भिरबाट झण्डै सात सय मिटर तल खस्दा उक्त क्षति भएको श्रेष्ठले बताउनुभयो ।

घाइते बालक ढावा शेर्पाको थप उपचारको लागि काठमाडौंमा पठाइएको बताइएको छ ।

टिप्पणीहरू