अब भलिबलको सिजन

अब भलिबलको सिजन

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप असोज १० देखि १६ गतेसम्म हुने भएको छ । नेपाल भलिबल संघका अनुसार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने च्याम्पियनशीपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपमा शीर्ष ७ टोली र ५ महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो ।

संघले क्लब च्याम्पियनशिपको पुरस्कार राशीमा वृद्धि गरेको समेत जानकारी दिएको छ । एक सातासम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ४ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् भने तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने छन् ।

टिप्पणीहरू