एमालेको निम्ति सम्पर्क मञ्च सौताकै सन्तान भएको हो ?

एमालेको निम्ति सम्पर्क मञ्च सौताकै सन्तान भएको हो ?

नेकपा एमालेले असोज पहिलो साताको निम्ति तय गरेको विधान महाधिवेशन दोस्रो साता पुर्याएको छ । महाधिवेशनको मिति र सहभागी हुने प्रतिनिधिहरुको सूचीको विवरण बाहिरिएसँगै एमालेको एउटा ठूलो तप्का तरङ्गित भएको छ ।

विधान महाधिवेशनमा झण्डै तीन हजार प्रतिनिधिको सहभागिता रहने बताइए पनि महत्वपूर्ण समूहलाई जानेर हो वा नजानेर छुटाइएको छ । एमालेको काठमाडौं उपत्यकामा रहने तर उपत्यकाबाहेक ७४ जिल्लाका कार्यकर्तालाई सङ्गठित गर्दै आएको सम्पर्क कमिटी र मन्चलाई विधान महाधिवेशनमा प्रतिनिधित्व हुनबाट छुटाइएको हो ।

एमालेका ७४ जिल्ला सम्पर्क कमिटी र ७ प्रदेश सम्पर्क कमिटीले कमिटीगत मान्यता पाएका छन् । जिल्ला सम्पर्क मञ्चले संघीय निर्वाचन क्षेत्रीय कमिटीको हैसियत राख्छन् । प्रदेश कमिटीले जिल्ला कमिटी बराबरको हैसियत राख्ने वैधानिक व्यवस्था छ ।

ती कमिटीमा एमालेका १४ हजार सङ्गठित सदस्य र ३० हजारभन्दा बढी साधारण सदस्य रहेको बताइन्छ । उपत्यकामा रहेका बाहेक पालिकाका सम्पर्क मञ्चहरु समेत काठमाडौंमा सक्रिय छन् ।

टिप्पणीहरू