योगेश,भीम र लेखराजको जिम्मा आज पार लाग्ने

योगेश,भीम र लेखराजको जिम्मा आज पार लाग्ने

एमाले स्थायी समिति बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । आगामी असोज ४ र ५ मा हुने विधान महाधिवेशनको तयारी र एजेण्डा तय गर्न यो बैठक बस्न लागेको हो । नेकपा एमालेको इतिहासमा उक्त पार्टीले पहिलो पटक विधान अधिवेशन गर्न लाग्दैछ ।

आजका लागि बोलाइएको बैठकले विधान अधिवेशनको तयारी र स्थायी समिति सदस्यहरुको कार्य विभाजन हेरफेर गर्न सक्ने बताइएको छ । खासगरी सुदूरपश्चिममा उपाध्यक्ष भीम रावल र स्थाइ समिति सदस्य लेखराज भट्टका वीच जुँगाको लडाइँ व्यवस्थापनको पहल आजको बैठकले गर्न सक्ने एक नेताले बताए ।

यसवाहेक प्रचार विभाग र केहि इन्चार्जहरुको कार्य विभाजन हेरफेर हुन सक्ने नेताहरुले जानकारी दिएका छन् । जेठ २ को तहमा जान आजै प्रचार विभाग प्रदीप ज्ञवालीको हातबाट योगेश भट्टराईको जिम्मेवारीमा लगिने सम्भावना छ ।

टिप्पणीहरू