शीतल निवासमा नयाँ प्रधान सेनापतिलाई फुली लगाइयो

शीतल निवासमा नयाँ प्रधान सेनापतिलाई फुली लगाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई फुली लगाइदिनुभएको छ । बिहान ११ बजेको साइतमा दर्ज्यानी चिन्ह लगाइएको हो । कार्यक्रमस्थलमा रक्षा मन्त्रालयसमेत सम्हाल्नुभएका प्रधानमन्त्री, प्रधानन्यायाधीश,गृहमन्त्री,नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख लगायत विशिष्ट अतिथिको उपस्थिति थियो ।

प्रधानसेनापतिको दर्ज्यानी चिन्ह (फुली) लगाएपछि शर्मा औपचारिक रुपमा आजदेखि प्रधानसेनापति हुनुभएको छ । शीतल निवासको कार्यक्रमपछि उहाँ सोझै जंगी अड्डा,भद्रकाली पुगेर सलामी र पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उहाँ वीर शहीदहरुको शालिकमा माल्यार्पण गर्न सैनिक मञ्च टुँडिखेल र छाउनी ब्यारेक पुग्नुहुने छ ।

वीरहरुलाई माल्यार्पणपछि नवनियुक्त प्रधानसेनापति शर्मा सोझै आफ्नो निवास जानुहुनेछ । त्यहिँ दिवा भोजन गरेपछि सपरिवार झम्सिखेलस्थित प्रधानसेनापतिको सरकारी निवास शशी भवन सर्ने कार्यक्रम रहेको छ । शशी भवनमा केहीबेर आराम गरेपछि उहाँ पुनः सैनिक मुख्यालय जानुहुनेछ ।

अपरान्ह मुख्यालयस्थित सैनिक अधिकृत क्लबमा सेनाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुने कार्यक्रम राखिएको सैन्य स्रोतले बताएको छ ।

https://drive.google.com/file/d/1roYjLyyHVY0Ube56mmo-6JmyrJyBAqpC/view?usp=sharing

टिप्पणीहरू