गाउँ गाउँमा भेटिन थाले पेस्तोल

गाउँ गाउँमा भेटिन थाले पेस्तोल

भरुवा बन्दुकसहित प्रहरीले आज सिन्धुपाल्चोकमा १ जनालाई पक्राउ गरेको छ । इन्द्रावती गाउँपालिका ८, बस्ने ५८ वर्षीय लोकबहादुर तामाङलाई आज एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा तामाङको घरमा छापा मार्दा उनको घरबाट भरुवा बन्दुक फेला पारेको बताइएको छ ।

मासु पसलको खुकुरी खोसेर मान्छेलाई छप्काएपछि

मासु पसलको खुकुरी खोसेर मानिसमाथि प्रहार गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । काठमाडौंको हसनटार बस्ने काभ्रे धुसेनी घर भएका २० वर्षीय दोर्जे तामाङ खुकुरी प्रहारको अभियोगमा समातिएका हुन् ।

काठमाडौंको टंकेश्वर बस्ने काभ्रे नमोबुध्द घर भएका १८ वर्षीय संगीत कुँवरलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

टंकेश्वर नीलबाराहीस्थित मासु पसलबाट खुकुरी खोसेर संगीतलाई प्रहार गरी फरार रहेका तामाङलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका ७, हसनटारमा फेला पारेको हो ।

घाइतेको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी हान्ने तामाङलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त कालीमाटी पठाइएको प्रहरीले जनाएको छ ।

नक्कली प्रहरी सक्कलीको फन्दामा

सिभिल प्रहरी भन्दै बटुवा लट्न खोज्ने तीन जना युवा सक्कली प्रहरीको फन्दामा परेका छन् । फन्दामा पर्नेहरु त्रियुगा नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय दिनेश खत्री,शिवालय टोलका २३ वर्षीय अविनाश कार्की र डिएम गेटका २५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

ती युवाले आइतबार राती ८ बजे बसपार्क नजिकै रहेको त्रियुगा पुलमा एक पैदल यात्रुलाई रोकेर चेकजाँच गर्दै पैसा र घरायसी सामग्रीहरु मागेको आरोप छ ।

रातको समयमा सिभिल प्रहरी बनेर बटुवाको झोला खोतल्ने र पैसा माग गर्ने खबर पाएपछि प्रहरी सक्रिय बनेका थिए । घटनाको जानकारी पाएका र बटुवाकै भेषमा रहेका प्रहरीलाई पनि रोकेर धम्क्याएपछि उनीहरु फन्दामा परेका हुन् ।

आरोपित तीन जना युवाविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले बताउनु भयो ।

टिप्पणीहरू