​मदन पुरस्कारमा क–कसको खुम्चियो मन

मदन पुरस्कारलाई खुइल्याउँदै हिँड्ने हरि अधिकारीको मुखमा मदन पुरस्कार गुठीले बुझो लगाइदिएको छ । वर्षभरिका उत्कृष्ट दश साहित्यिक कृतिको सूचीमा उनको कृति ‘प्रतिनायक’ समावेश छ । उत्कृष्ट १० को सूचीमा राज सरगमको कृति ‘छाउघर’ सूचीकृत भएको छ । यसपटकको सूचीले मदन पुरस्कारवाला साहित्यकार राजन मुकारुङ जिल्लिएका छन् । उनैले सम्पादन गरेको कृति ‘रेमिटल्याण्ड’(श्याम संघमद्वारा लिखित कृति)ले मदन पुरस्कार पाउने दाबी थियो । तर, गफ लाएजस्तो न त रेमिटल्यान्ड सूचीमा दर्ज भयो । न डा चित्र वाग्ले नै सूचीमा प¥यो ।

बुकहिलले यस वर्ष छापेका कृतिमध्ये गनेश पौडेलको पाइताला, सौरभको असंगतिले मदन पुरस्कार पाउने चर्चा थियो । यस वर्षका चर्चित पुस्तक खगेन्द्र लामिछानेको ‘फुलानी’, दामोदर न्यौपानेको ‘कर्म’, देवीप्रसाद सुवेदीको ‘वाल्मीकि र व्यास’ तथा डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ मदन पुरस्कार पाउने सूचीमा पर्न सकेनन् । ०१२ साल असोज १० गते स्थापना भई ०१३ सालमा सत्यमोहन जोशीले यसको खाता खोलेका थिए ।

लीलाको लीला  
रियल लाइफको लीला अब रिल लाइफमा देख्न पाइने भएको छ । ३० भदौमा प्रदर्शनमा आउने लीला चलचित्रको निर्देशन रमेश कोइरालाले गरेका हुन् । जसको प्रस्तुतकर्ता कृष्णप्रसाद दंगाल, निर्माता विमला घिमिरे र लक्ष्मण बस्नेत छन् । कार्यकारी निर्माता सिपी पौडेल हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइँटेल, धु्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, जेएन घिमिरे, यादव बैरागी लगायतको अभिनय देख्न पाइनेछ । झण्डै ९० लाख खर्चेर निर्माण गरिएको निर्देशक कोइरालाको कथन छ । 

टिप्पणीहरू