​साङ्ले किराको संसार

एउटै घटनामा १० लाख साङ्ले किरा जियाङ्सु प्रान्तमा फैलिएको समाचार भाइरल बनेपछि चिनियाँहरु हैरान बनेका छन् । लस एञ्जलस टाइम्सकी पत्रकार बारबरा डेमिकले ती साङ्ले किराका मालिक वाङ फुमिङ हुन् भनी पत्ता लगाइन् । यथार्थमा वाङले साङ्ला पालेका रहेछन्, त्यो पनि एउटा होइन ६ वटा फार्म निर्माण गरेर । उनीसित कूल १ करोड साङ्ला रहेछन्, तीमध्ये १० लाख फार्म छाडी भागेका रहेछन् । वाङले शुरुमा एउटाको दुई युआनले बेच्दा रहेछन्, जुन अहिले भाउ बढेर २० पुगेको छ । यो समाचार प्रकाशित भएपछि अरु चिनियाँले पनि साङ्ला पाल्न थालेको बारबराको भनाइ छ ।

टिप्पणीहरू