पोखरामा पहिरो : ३ को मृत्यु, एक बेपत्ता

पोखरामा पहिरो : ३ को मृत्यु, एक बेपत्ता

हिजो साँझदेखि परेको अविरल वर्षाका कारण पोखरामा गएको पहिरोमा तीन जनाको निधन भएको छ । पोखरा महानगरपालिकामा पहिरोले घर पुरिँदा उनीहरुको निधन भएको हो ।

पोखरा २० स्थित भलामका कृष्ण श्रेष्ठको घर माथिबाट आएको पहिरोले घर पुरिँदा घटनास्थलमा दुई जनाको ज्यान गएको हो । ब्लकले एकतले घरको माथिबाट पहिरो आई घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ हुन् । उनका ३ वर्षका छोरा बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ । उता, महानगरपालिकाको ११, भञ्ज्याङस्थित नमूना टोलमा पनि पहिरोका कारण एक जनाको ज्यान गएको बताइएको छ ।

टिप्पणीहरू