​छोरीमाथि सर्पको सास्ती

एउटी अमेरिकीले सर्पबारे ज्ञान दिने अभिप्रायले एक वर्षीया छोरीलाई सर्पले बारम्बार डस्न लगाएकी छन् । फ्लोरिडा निवासी ३४ वर्षीया शार्लोट गेनेटले सर्प बाटोबाट टिपेर ल्याएकी थिइन् । घरमा जब छोरीले सर्पलाई छुन खोजिन्, सर्पले डसिहाल्यो । यस्तो पटक–पटक भयो र शार्लोटले चुपचाप हुन दिइन् । त्यति मात्र होइन, छोरीले सर्पबारे अद्भुत ज्ञान हासिल गर्दै गरेको भन्दै भिडियो खिचेर फेसबुकमा समेत पोष्ट गरिदिइन् । भिडियोमा सर्पले छोरीलाई जतिपटक टोक्यो, शार्लोट खित्का छाडेर हाँसिरहिन् । प्रहरीले भने बालिकामाथि यातना दिएको भन्दै शार्लोटको मुद्दा अदालतमा पेश गरिसकेको छ ।

टिप्पणीहरू