​साली छान्दाको समस्या

कान्छीतिर मन मात्र बसेन, साली पनि कान्छीतिरकै रोजेपछि बबाल छ, निखिल उप्रेतीको घरमा । जेठीपत्नी कोपिला निखिलसँग क्रुद्ध भएको दृश्य केही साताअघि लाजिम्पाटस्थित नेपाली चुलो रेष्टुरेण्टमा देखिएकै हो । त्यहाँ निखिल आफूले दोस्रो चलचित्रको निर्देशन गर्न लागेको खुसी पत्रकारमाझ पोख्दै थिए । ‘कमिटमेन्ट सिक्टी आवर’ नामक चलचित्रकोे घोषणा सभा कार्यक्रममा कोपिला उपस्थित भइदिँदा निखिलको भागदौड नै मच्चिएको थियो । पत्रकारमाझ आफ्नो खुसी पोख्न गइरहेका उप्रेती मुहारको हाँसो त्यहाँ १५ मिनेटभन्दा बढी टिक्न सकेन ।

त्यहाँ छोरासहित कोपिलाले उपस्थिति जनाएपछि भागाभाग नै मच्चिएको देखियो । कार्यक्रस्थलमा कोपिला उपस्थित भएपछि निखिल केही समय हराए । निखिल कोपिलालाई कार्यक्रमस्थलबाट घर पठाउन चाहन्थे । यसका लागि उनको चल्तीका निर्देशक माधव वाग्लेको सहारा लिएको दृश्यसमेत देख्न पाइन्थ्यो । भारतको ‘प्रामा इन्स्ट्रुमेन्टस’सँगको सहकार्यमा बन्न लागेको उक्त चलचित्रमा ३ करोड लागतको हो । सोही चलचित्रमा नायक निखिलले नायिकाका रूपमा आफ्नै सालीलाई अनुबन्धित गरेका छन् ।

सञ्चिता लुइँटेलकी बहिनी सिवानीलाई निखिलले ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ का लागि मुख्य भूमिकामा फाइनल गरेका हुन् । यसको निखिलकी श्रीमती सञ्चिताले फेसबुकमा सिवानीको फोटोसहित एक स्टाटस लेखेर जानकारी दिएकी छन् । सिवानीको यो डेब्यु फिल्म हो । अब निखिलले आफ्नै सालीसँग फिल्ममा रोमान्स गर्नेछन् । फिल्मको छायांकन नेपाल, मुम्बई, थाइल्यान्ड, सिंगापुर र अमेरिकामा हुँदै छ । 

टिप्पणीहरू