बुटवल–बर्दघाट खण्ड डुब्यो, लुम्बिनीमा हाहाकार

बुटवल–बर्दघाट खण्ड डुब्यो, लुम्बिनीमा हाहाकार

गए रातिदेखिको अविरल वर्षाका कारण नवलपरासी,कपिलवस्तु र रुपन्देहीका धेरै ठाउँ जलमग्न भएका छन् । पहिरो र बाढीका कारण बर्दघाट–नारायणगढ खण्ड पनि अवरुद्ध भएको छ ।

रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पुल पनि बाढीले क्षतिग्रस्त बनाएको कारण बुटवलबाट पूर्व र नारायगणगढबाट पश्चिम जाने यातायात अवरुद्ध भएको छ ।

रुपन्देहीको तिलोत्तमाको शान्तिनगर, मर्चवार,भैरहवा,परासी बजार, सैनामैनाको ढवाह क्षेत्र सबै डुबानमा परेको बताइन्छ । बुटवलको तिनाउ र कपिलवस्तुको वाणगंगालगायतका नदीमा ठूलो बाढी आएको छ ।

उता अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पनि ठाउँ ठाउँमा पहिरो गएका कारण अवरुद्ध बनेको छ । बुटवलबाट पाल्पा जाने सिद्धार्थ राजमार्गमा समेत साना पहिरो गएको बताइएको छ ।

ट्राफिक प्रहरीका अनुसार नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका १० स्थित लण्डनब्रिज र बासा,भुताहा र सुनवल नगरपालिका १२ बडेरामा रहेको ड्राइभर्सन बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका १२ बसेरीस्थित सडक खण्डमा पहिरोले अवरोध पुर्याएको छ । त्यस्तै पाल्पाको रम्भा गाउँपालिका ३ सीतापहाडस्थित सिद्धार्थ राजमार्ग सडक खण्ड पनि अवरुद्ध भएको छ ।

उता बर्दियाको बासगढी नगरपालिका १ बबईस्थित रत्नराजमार्ग सडक खण्डमा पनि अवरोध उत्पन्न भएको छ । गुल्मी रुरु गाउँपालिका २ पोखरी बगरमा पनि वर्षाको कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाको छ ।

https://www.facebook.com/Janaasthanews/videos/1214986769004570

टिप्पणीहरू