बाबुलाई कुटेर मार्ने छोरो पक्राउ

बाबुलाई कुटेर मार्ने छोरो पक्राउ

आफूलाई जन्म दिने बुवालाई कुटेर हत्या गरेको अभियोगमा रोल्पामा एक जना पक्राउ परेका छन् । ६० वर्षीय पिता लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ४, बागखुरका २५ वर्षीय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा नेपालीले बाबुलाई मरणासन्न हुनेगरि कुटेका थिए । कुटपिटबाट दमाईको हत्या भएको खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागाउँ र इलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू