सर्पलाई राखी बाँध्दा डसेर सपेराको मृत्यु

सर्पलाई राखी बाँध्दा डसेर सपेराको मृत्यु

भारतमा रक्षाबन्धनको दिन राखी बाँध्ने क्रमममा सर्पले डसेर सपेराको मृत्यु भएको छ । भारतमा रक्षाबन्धनको दिन दाजुभाईको दीर्घायुको लागि राखी बाँध्ने चलन छ ।

रक्षाबन्धनको दिन मनमोहनले आफ्नी बहिनीको दीर्घायुको कामना गर्दै केही बेरअघि बहिनीले लगाइदिएको राखी फुकालेर एक जोडी सर्पलाई बाँधिदिएका थिए ।

बिहारको छपरा भन्ने स्थानमा त्यहि बेला एउटा सर्पले उनको गोडाको औंलामा डसेको थियो । अरुको उपचार गर्ने उनै मनमोहन आफ्नो उपचार झारफुकबाट गर्न थाले ।

तर अन्तमा केही सिप नलागेपछि उनको अस्पतालमा निधन भएको थियो ।

टिप्पणीहरू