कस्ता–कस्ता लहड

३० वर्षीया अमेरिकी डिलिना जयासुरियाले लगातार ५० घण्टा गाडीमा म्वाइ खाएपछि कियाको ब्राण्ड नयाँ कार अप्टिमा एलएक्स जितेकी छन् । ‘किस अ किया’ प्रतियोगिता सोमबार बिहान शुरु भएको थियो । प्रतियोगिता जित्न २० जनाले गाडीमा म्वाइ खान थाले ।

यो कार्य बुधबारसम्म चल्यो । त्यतिञ्जेलमा १३ जना हार मानेर प्रतियोगिताबाट बाहिरिसकेका थिए । नियमअनुसार ५० घण्टा म्वाइ खाइरहन सफल सात प्रतियोगीमध्येबाट लक्की ड्रमा विजेता छान्दा टेक्सास निवासी डिलिनी विजयी बनिन् । प्रतियोगीलाई प्रत्येक एक घण्टामा १० मिनेट बाथरुम जान, पानी खान समय दिइएको थियो । आयोजक थियो– आइहार्ट रेडियो स्टेशन ९६.७ किस एफएम 

टिप्पणीहरू