नक्कली नागरिकता र ब्लुबुक बनाउँदै नेपालीलाई करोडौं ठगे भारतीयले

नक्कली नागरिकता र ब्लुबुक बनाउँदै नेपालीलाई करोडौं ठगे भारतीयले

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा एकजना भारतीय पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५, सेतीपाखा बस्ने भारत हिमाञ्चल प्रदेशको सिमला घर भएका ३९ वर्षीय शेरसिंह भन्ने रविकुमार सिंहलाई हिजो साँझ प्रहरीले समातेको छ ।

उनले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौता गरेर ठग्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ । सिंहले लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सनको नक्कली लेटरप्याड, छाप,नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष भन्दै विभिन्न व्यक्तिहरूसँग १ करोड रुपैयाँ ठगी गरेको तथ्य फेला परेको छ ।

सिंहले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट लाटीकोईली गाविस ७, ठेगाना भएको नागरिकता बनाई सोही नागरिकता प्रयोग गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको तथा सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

उनले हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौता गरेर गाडी र मोटरसाईकल लिने र नक्कली ब्लुबुक बनाएर बेच्ने गरेको समेत खुलेको छ ।

टिप्पणीहरू