ब्रा चोर्ने बिरालो

बेलायतको फोल्कस्टोन निवासी महिला एउटा चार वर्षको उपद्रयाहा बिरालोदेखि हैरान बनेका छन् । ‘रेजिनाल्ड’ डाउन्स रोडनिवासी लिजा ब्रिकेलले पालेको बिरालो हो । रेजिनाल्ड छिमेकी घरमा पसेर महिलाको ब्रा र पेन्टी चोर्नमा माहिर छ । ब्रा र पेन्टी चोरेर अगाडिको चौरमा फाल्ने गर्छ । कहिलेकाहीं रुखमा झुण्ड्याइदिन्छ । गत महिना मात्र २० जना महिलाको ब्रा र पेन्टीे चो¥यो । छिमेकीको गुनासो धेरै आउन थालेपछि ब्रिकेलले सूचना जारी गरेका छन्, ‘कसैको ब्रा र पेन्टी हराएमा सम्पर्क गर्न अनुरोध छ ।’

टिप्पणीहरू